समाज


छठ पर्वको अवसरमा प्रदेश २ मा २ दिन सार्वजनिक बिदा

छठ पर्वको अवसरमा प्रदेश २ मा २ दिन सार्वजनिक बिदा

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ३:६,

छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार र शनिबार प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन्।

‘प्रदेश सरकारले स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा (षष्ठी र सप्तमी) दुई दिन बिदा दिने गरेको छ,’ राउतले शुक्रबार बिहान जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘यस वर्ष पनि दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा प्रदेश सरकारको वर्षीक क्यालेन्डरमै सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गर्दछौँ।’

प्रदेश २ सरकारले कारोना महामारीमा स्वास्थ्य सतर्कता अपनाएर हर्सोल्लासपूर्वक छठ पर्व मनाउन पनि आग्रह गरेको छ।

125870823 370006550994896 9021488374492649352 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad