समाज


थप २१ सय ३ जनामा कोरोना पुष्टि, २८ सय ५८ निको भए

थप २१ सय ३ जनामा कोरोना पुष्टि, २८ सय ५८ निको भए

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १०:३४,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८५८ जना कोरोना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै निधन हुनेको संख्या १ हजार २७६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad