मुस्लिम महिलाहरुलाई प्रहरी पेशामा प्रोत्साहन गर्न न्युजिल्यान्डले हिजाब लगाउन पाइने नियम ल्याएको बताइएको छ।
हालै प्रहरीमा भर्ती भएकी जिना अली न्युजिल्यान्डमा प्रहरी पोशाकमा हिजाब लगाउने पहिलो महिला बन्ने भएकी छिन्।
विविध समुदाय बसोबास गर्ने न्युजिल्यान्डमा समावेशी सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रहरी पोशाकमा हिजाब लगाउन पाइने नियम ल्याइएको जानकारी दिइएको छ।
यसअघि लन्डन र स्कटल्यान्डका महिला प्रहरीलाई पनि हिजाब लगाउन छुट प्रदान गरिएको थियो। एजेन्सी
57
Shares

प्रतिक्रिया