गण्डकी प्रदेशमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका दुई जनाको बिहीबार बिहान र लमजुङका एक संक्रमितको बुधबार साँझ मृत्यु भएको हो।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१७ कि ७५ वर्षीया र वडा नम्बर ९ कि पोखरा–९ की ८९ वर्षीया महिला रहेका छन्।
७५ वर्षीया महिलामा कात्तिक २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बिहान पौने ३४ बजे निधन भएको निर्देशनालयले जनाएको छ। उनमा निमोनिया, हाइपरटेन्सन, मधुमेह लगायत समस्या थियो।
त्यस्तै कात्तिक २५ मा कोरोना संक्रमण पुष्टि भएकी पोखरा ९ कि ८९ वर्षीया महिलाको फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपचारको क्रममा बिहीबार बिहान साढे ७ बजे निधन भएको हो। उनी बाइल्याटरल निमोनिया, हाइपरटेन्सन र श्वासप्रश्वास सम्बन्धी समस्याबाट समेत पीडित रहेको निर्देशनालयले जनाएको छ।
त्यस्तै कार्तिक २८ गते कोरोाना पुष्टि भएका लमजुङको बेसिसहरका ७१ वर्षीय पुरुषको बुधबार साँझ पाखरा स्वास्थ्य विज्ञान प्रतिठानमा निधन भएको हो। योसँगै गण्डकीमा कोरोनका कारण मृत्यु हुनेको संख्या १३० पुगेको छ।
त्यस्तै बिहीबार प्रदेशमा १३३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ६८१ पुगेको छ।
Shares

प्रतिक्रिया