समाज


चीनमा कोरोनाबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्षको जेल सजाय

चीनमा कोरोनाबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्षको जेल सजाय

नेपालखबर
मंसिर २, २०७७ मंगलबार १३:२७,

हाल ३७ वर्षकी पत्रकार तथा पूर्व वकिल रहेकी जाङ जिहानले जेल सजाय भोगिरहेको बीबीसीले जनाएको छ।

उनलाई प्रहरीले गत मे महिनादेखि नै नियन्त्रणमा लिएको बताइएको छ। उनीमाथि झगडा गराउने कार्यमा संलग्न भएको साथै समस्यालाई निम्त्याउने भूमिका खेलेको आरोप लागेको छ।

जाङ जिहान गत फेब्रुअरीमा वुहान पुगेकी थिइन्। नेटवर्क अफ चाइनिज ह्युमन राइट्स डिफेन्डर सीएचआरडीका अनुसार उनले वुहानबाट कोरोना प्रकोपबीच पत्रकारलाई समाचार लेख्नबाट बन्चित गरोको साथै पत्रकारलाई नजरबन्दमा राखेको विषयमा थुप्रै समाचार लेखेकी थिइन्।

मे १४ मा उनी वेपत्ता भएकी थिइन्। पछि उनलाई सांघाई प्रहरीले गिरफ्तार गरेको विषय सार्वजनिक भएको थियो।

जुन १९ मा उनलाई औपचारिक रुपमै पक्राउ गरिएको थियो। पत्रकार जाङ जिहानमाथि वुहानको कोरोना अवस्थाबारे विभिन्न समाचारको माध्यममा झुठो खबर सम्प्रेषण गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad