खेल


गोलरहित बराबरीमै टुंगियो बंगलादेश र नेपालको मैत्रीपूर्ण फुटबल

गोलरहित बराबरीमै टुंगियो बंगलादेश र नेपालको मैत्रीपूर्ण फुटबल

नेपालखबर
मंसिर २, २०७७ मंगलबार १३:१६,

फिफा विश्वकप छनोटको दोस्रो चरणको तयारीमा रहेको नेपालले बगंलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा मंगलबार कुनै गोल गर्न सकेन। बंगलादेशले समेत नेपालविरुद्ध कुनै गोल गर्न नसकेको हो।

बगंलादेशको ढाकास्थित बगंबन्धु स्टेडियममा भएको खेलमा दुवै टोलीले पाएको अवसरको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीम सम्पन्न भयो।

आक्रामक रणनीतिमा मैदान उत्रेको नेपालले आजको खेलमा थुप्रै गोल गर्ने मौका पाएको थियो। तर सबै सबै प्रयास बिफल भएको थियो।

बराबरी खेलेपनि दुई खेलको शृङ्खला १–० ले गुमाएको नेपालले ट्रफी भने जित्न सकेन। पहिलो खेलमा नेपाललाइ २–० ले पराजित गरेको बगंगलादेशले २ मैत्रीपुर्ण खेलकोे उपाधि जित्यो।

छिरिङ, पुजन र सेसेहाङकोे डेब्यू

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलबाट छिरिङ गुरुङ र पुजन उपरकोटीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्। च्यासल युथ क्लबका छिरिङले पहिलो रोजाइमा स्थान बनाउँदै डेब्यु गरेका हुन्। उनले उमेर समुहमा विभिन्न टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन्।

यस्तै मिडफिल्डर पुजन उपरकोटीले दोस्रो मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। पुजनलाई दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गराइएको थियो। मनाङ मस्र्याङ्दी क्लबका उनले उमेर समूहमा यू२३ राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन्।

त्यस्तै मिडफिल्डर सेसेहाङ आङदेम्बेले ७२ औं मिनेटमा मैदान प्रवेश गर्दै राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका हुन्। उनी दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad