समाज


जुवातासका अखडामा प्रहरीको छापा, सोमबारयता मात्रै १४३ जना पक्राउ

जुवातासका अखडामा प्रहरीको छापा, सोमबारयता मात्रै १४३ जना पक्राउ

नेपालखबर
मंसिर २, २०७७ मंगलबार १३:२९,

चाडबाडको अवधिलाई केन्द्रित गर्दै प्रहरीले जुवातास लक्षित अप्रेसन जारी राखेको छ।

देशका विभिन्न ठाउँबाट पछिल्लो पटक मात्रै १ सय ४३ जना जुवातास खेल्नेहरु पक्राउ परेका छन्।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ ठमेलस्थित द–सिप नामक रेष्टुरेन्टभित्र तास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालिकासहित १४ जना पक्राउ परेका छन्।

काठमाडौं पुतलीसडक बस्ने काभ्रे घर भएकी ३७ वर्षीया सृजना खनालसहित १४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ७ हजार रुपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४४ वर्षीय शिव श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठलगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ र बिभिन्न बैंकको ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँको चेक र १ बुक ताससहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–५ बाट जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका–४ घर भएका ३३ वर्षीय रत्नबहादुर तामाङसमेत ४ जनालाई नगद २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ र ११ वटा ओखरसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–८ बोडे बस्ने अम्बर कृष्ण अवालको नगदेश स्नुकर हाउसमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ पुरानोठिमी बस्ने ४५ वर्षीय राजकुमार चित्रकारलगायत १० जनालाई नगद २ लाख ६४ हजार १ सय ३५ रुपैयाँ र कौडासहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

धादिङ, धुनिबेशी नगरपालिका–८ खानीखोला बस्ने कृष्ण बानियाको घरमा कौडा खेलिरहेको अवस्थामा धुनिबेशी नगरपालिका–६ बस्ने ३२ वर्षीय दिनेश उप्रेती लगायत २१ जनालाई नगद १ लाख ७९ हजार ६ सय ७५ रुपैयाँसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

नवलपरासी–पूर्व, गैंडाकोट नगरपालिका–८ बस्ने ५० वर्षीय छबिलाल सुबेदीको घरमा जुवा खेलिरहेको अवस्थामा सुबेदी लगायत १० जनालाई नगद १ लाख २४ हजार ४ सय ९५ रुपैयाँ र ६ वटा पासासहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

मोरङ, लेटाङ नगरपालिका–९ जाँते बस्ने सोएता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय ददिराम पौडेल लगायत ७ जनालाई नगद १ लाख ८८ हजार ७ सय ४५ रुपैयाँ, १ सेट कौडा, ६ बुक तास र १६ थान मोबाइलसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उता संखुवासभा, खाँदबारी नगरपालिका–९ स्थित मकालु रिसोर्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय मुकुन्द चौहान लगायत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

त्यसैगरी सुनसरी, ईटहरी उपमहानगरपालिका–२० स्थित रुद्राक्ष पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय मुकेश बस्नेत समेत ८ जनालाई नगद २ लाख ८० हजार २ सय ५५ रुपैयाँ र १ बुक ताससहित सोमबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यसैबीच सुनसरी, ईटहरी उपमहानगरपालिका–९ बस्ने फुलबाबु साहको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–४ बस्ने ५० वर्षीय सरोज चौधरी लगायत ९ जनालाई नगद २ लाख ९२ हजार ४ सय ५ रुपैयाँ र १ बुक ताससहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार बस्ने शेरबहादुर बोहराको घरमा पनि तास खेलिरहेको अवस्थामा मष्टा गाउँपालिका–१ डुङ्ग्री बस्ने ३४ वर्षीय दिपक रोकाया लगायत ७ जनालाई नगद १ लाख ६२ हजार ३ सय ३० रुपैयाँ र ८ गड्डी ताससहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–५ सिन्धुकोट बस्ने हरि रायमाझीको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय दिपबहादुर रायमाझी लगायत २० जनालाई नगद ३ लाख २३ हजार ३ सय ४५ रुपैयाँ, १६ थान कौडा र ५ बुक ताससहित सोमबार प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यसैगरी सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–८ केउरेनी बस्ने ४४ वर्षीय चुलनाथ गिरीको घरमा कौडा खेलिरहेको अवस्थामा गिरीसमेत ६ जनालाई नगद १ लाख ४ हजार ५ सय ८५ रुपैयाँ र १६ थान कौडासहित सोमबार प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

सल्यान, कालिमाटी गाउँपालिका–४ असुरेनी बस्ने शान्ती घर्तीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय निमबहादुर थापासमेत ९ जनालाई नगद १ लाख ४९ हजार ६ सय रुपैयाँसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad