ad ad

समाज


लक्ष्मी पूजा गर्ने क्रममा विभिन्न जिल्लामा आगलागी

लक्ष्मी पूजा गर्ने क्रममा विभिन्न जिल्लामा आगलागी

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार २:४६,

शनिबार साँझ लक्ष्मी पूजा गर्ने क्रममा देशका विभिन्न जिल्लामा आगलागीका घटना भएका छन्।

भक्तपुर, धादिङ, सप्तरी, झापा, सर्लाही लगायतका जिल्लामा लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ मा कञ्चन सहनीको मोटर वर्कशपमा आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। सहनीले लक्ष्मी पूजा गर्दा बालेको दियोबाट आगलागी सुरु भएको भक्तपुर प्रहरीले जनाएको छ। आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो।

त्यसैगरी धादिङको धुनबेसी नगरपालिका ४ को जीवनपुरमा पनि लक्ष्मी पूजा गर्ने क्रममा आगलागी भएको छ। स्थानीय उद्धव घिमिरेले सञ्चालन गरेको फेन्सी पसलमा लक्ष्मी पूजा गर्दा बालेको दियोबाट आगो सल्किएको हो। आगलागीबाट पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

त्यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका ६ मा पनि लक्ष्मी पूजा गर्ने क्रममा मिठाई र साइकल पसलमा आगो लागेको छ। आगलागीमा साढे नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बिद्युत सर्ट भएर आगो लागेको हो।

त्यस्तै झापाको बिर्तामोडमा वर्कशपमा आगो लाग्दा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सर्लाही सदरमुकाम मलङ्गवामा पनि आगलागीको घटना भएको छ। स्थानीय कैलाश शाहको सिलाई पसलमा लक्ष्मी पूजा गर्ने क्रममा दियोबाट आगो सल्किँदा एक लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .