पराल जलाउने तथा पटाका पड्काउने गरिएका कारण निस्किएको धुवाँले भारतको राजधानी दिल्लीका धेरै स्थानमा शनिबार साँझ प्रदूषणको मात्रा एकदमै हानिकारक तहमा पुगेको छ।
पहिलेदेखि प्रदूषणले ग्रस्त दिल्लीमा दीपावालीमा पटाकाको खरिद बिक्री तथा प्रयोगमा रोक लगाइएको थियो। तर शनिबार साँझ यसको व्यापक उल्लंघन भएको हो। मानिसले राति अबेरसम्म पनि पटाका पड्काएको बीबीसी हिन्दीले जनाएको छ।
दिल्लीका आनन्द विहार, आईजीआर्य एयरपोर्ट आसपासका क्षेत्र, आईटीओ र लोधी रोड क्षेत्रमा हावाको गुणस्तर मात्रा हानिकारक तहमा पुगेको हो।
दिल्ली प्रदूषण नियन्त्रण समितिलाई उधृत गर्दै समाचार एजेन्सी एनएनआईले शनिबार राति ११ बजे आनन्द विहारमा वायुमा हानिकारक कणकाे मात्रा निकै बढेकाे जनाएको छ।
प्रतिक्रिया