ad ad

समाज


नेपालमा कोरोना संक्रमित : ८७ भेन्टिलेटरमा, ३ सय ८७ जना आईसीयूमा

नेपालमा कोरोना संक्रमित : ८७ भेन्टिलेटरमा, ३ सय ८७ जना आईसीयूमा

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ०:२३,

अहिले देशभरका अस्पतालमा ८७ जना काेराेना संक्रमित भेन्टिलेटर तथा ३ सय ८७ संक्रमित आईसीयूमा छन्। 

स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालमा मात्रै ६१ जना भेन्टिलेटरमा र १ सय ६८ जना आईसीयूमा छन् ।

प्रदेशगत हिसाबमा लुम्बिनी प्रदेशमा आईसीयूमा ७१ र भेन्टिलेटरमा एक जना छन्।

यस्तै गण्डकी प्रदेशमा ६९ जना आईसीयू र ११ जना भेन्टिलेटर, प्रदेश १ मा ४९ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् भने प्रदेश २ मा १४ जना आईसीयू र दुईजना भेन्टिलेटरमा छन् ।

यसैगरी कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना आईसीयूमा उपचाररत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .