ad ad

समाज


आधा शरीर गाडेको अवस्थामा नवजात शिशु जिवितै फेला

आधा शरीर गाडेको अवस्थामा नवजात शिशु जिवितै फेला

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ०:१,

सप्तरीको बोदे बरसाईन नगरपालिका-५ जाँजरस्थित खडक खोलामा आधा शरीर माटोमा गाडेको अवस्थामा एक नवजात शिशु जिवितै फेला परेका छन्।

घाँटीदेखि पेटसम्मको भाग बालुवामा गाडिएको अवस्थामा शिशु फेला परेको प्रहरीले जानकारी दिएको छ। स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेको थियो।

सामान्य उपचारपछि राजविराज अस्पतालले शिशुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अयोधिशरण यादवले जानकारी दिए।

शिशुको पहिचान खुलेको छैन। शिशु कसले फालेको भनेर अनुसन्धान भइरहेको यादवले बताए। अवैद्य सम्बन्धपछि जन्मिएको शिशु फालिएको हुनसक्ने आशंका स्थानीले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .