आत्महत्या दुरूत्सहान अभियोगमा पक्राउ परेका भारतीय रिपब्लिक टिभीका संस्थापक एवं प्रधान सम्पादक अर्नब गोस्वामीलाई जेल चलान गरिएको छ।
एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका अर्नबलाई क्वारेन्टिनबाट आइतबार जेल चलान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पक्राउपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्रमा राखिएको थियो। त्यहाँ उनले मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल चलान गरिएको हो।
उनी अन्य व्यक्तिको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जेल लैजाने तयारी गर्दा अर्नबले आफूमाथि हिरासतमा कुटपिटसमेत भएको आरोप लगाएका छन्। फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मुम्बई प्रहरीले तीन दिनअघि उनलाई पक्राउ गरेको थियो। एजेन्सी

प्रतिक्रिया