राजनीति


ओलीको सन्देश लिएर प्रचण्ड निवास पुगे महासचिव पौडेल

ओलीको सन्देश लिएर प्रचण्ड निवास पुगे महासचिव पौडेल

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार ४:२५,

प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।

प्रचण्ड सहितका पाँच नेताले शनिबार अध्यक्ष ओलीलाई भेटेर तत्काल पार्टीको बैठक बोलाउन लिखित पत्र बुझाएर दुई दिनभित्र पार्टी बैठक बोलाउन आग्रह गरेका थिए।

त्यो दुई दिनकाे म्याद आज सोमबार सकिदै छ।

पार्टी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्ष सहमति गर्नुपर्ने बताउँदै आएका ओलीलाई बहुमत सचिवालय सदस्यले बैठक माग गरेपछि उनी नैतिक दबाबमा छन्।

प्रधानमन्त्री ओलीले पाँचजना नेतालाई आफूले सल्लाह गरेर बैठक बोलाउने बताएका थिए।

त्यसपछि उनले शनिबार र आइतबार पनि महासचिव पौडेललगायत आफूपक्षीय नेताहरुसँग छलफल गरेको बालुवाटार स्रोतले जनायो।

सोही छलफलको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेका हुन्।

पार्टीभित्र संकटमा परेका ओलीले आइतबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका चार नेतासँग छलफल गरेर आफूलाइ सहयोग गर्न र पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेका थिए।

नेता नेपालले विवादका विषयलाई पार्टी बैठक नै राखेर सल्टाउन जाेड दिएका थिए।

जवाफमा ओलीले आफू बैठक नराख्ने पक्षमा नभएकाे तर बैठकमा छलफल गर्ने विषयबारे पहिले टुङ्गाे गर्नुपर्ने बताएका थिए।

याे पनि: 

प्रचण्ड-नेपाल पक्ष भन्छः बैठक राख्न नमाने ओलीले संसदीय दलमा बहुमत सिद्ध गर्नुपर्छ

- नेपाललाई ओलीको जवाफ– विषयको टुंगो नगरी बैठक गर्न म तयार छैन

मुख्यमन्त्री पोखरेल भन्छन्- सहमतिको सूत्र नै स्थायी समितिका निर्णयको कार्यान्वयन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad