पत्रकार भान जोन्सले डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकामा विभाजन निम्तिएको र अब बाइडेन निर्वाचित भइसकेको अवस्थामा अमेरिकामा शान्ति र चयन फर्कने आशा व्यक्त गरे।
उनी सो क्रममा रोएका थिए। उनले ट्रम्प हारेपछि समस्याबाट राहत पाएको महसुस गरेको पनि बताए।
ट्रम्प सरकारमा रहँदा अमेरिकामा काला जातिका मानिसले, मुसलमानले धेरै दुख पाएको उनले उल्लेख गर्दै अब अमेरिकामा राम्रो दिन फेरि सुरुवात भएको बताएका थिए।
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि यसपटकको चुनाव अगाडि ट्रम्पको कार्यकालमा काला जातिविरुद्धको गतिविधिहरु अमेरिकामा बढेको आरोप लगाएका थिए।
— Wolfgang Blau (@wblau) November 7, 2020Van Jones, crying on CNN just now.
What a profound soul, and then to end on: ‚I am sorry for the people who lost‘. ❤️
pic.twitter.com/iSCHJWfAut
यसअघि ट्रम्पले सीएनएनलाई आफूविरुद्धको संचारमाध्यम भएको आरोप लगाउँदै आएका थिए। उनले कयौंपटक सीएनएनका पत्रकारलाई पत्रकार सम्मेलनबाट बाहिर निकालेका थिए।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी हिलारी क्लिन्टन थिइन्। त्यसबेला ट्रम्पले सीएनएन केबल न्युज नेटवर्कलाई क्लिन्टन न्युज नेटवर्क भएको बताउने गरेका थिए।
सीएनएनका पत्रकारहरु ट्रम्पको निशानामा पर्दै आएका थिए। यसबीचमा ट्रम्पले चुनाव हारेपछि पत्रकार भान जोन्सले खुशी व्यक्त गरेका हुन्।

प्रतिक्रिया