भारतले नेपालका लागि २८ वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारत सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आइतबार सो सामग्री हस्तान्तरण गरेका हुन्।
महामारीले निम्त्याएको चुनौतीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको सहयोगको निरन्तरतास्वरुप सो सहयोग गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
दूतावासका अनुसार यसअघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट (आरटी–पिसिआर), श्रावण २५ गते आइसीयू भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरिसकेको छ।

हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहोर्याएका थिए।
‘साथै, उहाँले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो,’ दूतावासले भनेको छ।

प्रतिक्रिया