समाज


कम्युनिष्ट नेता तथा लेखक गंगाप्रसाद चौधरीको निधन

कम्युनिष्ट नेता तथा लेखक गंगाप्रसाद चौधरीको निधन

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ९:१७,

कम्युनिष्ट नेता तथा लेखक गंगाप्रसाद चौधरीको ५९ वर्ष वर्षको उमेरमा निधन भएको छ।

महोत्तरीको महोत्तरी गाउँपालिका-२ स्थायी घर भएका चौधरीको बुधबार साँझ काठमाडौंमा निधन भएको हो।

चार वर्षदेखि अस्वस्थ भएर थला परेका चौधरीको आज बिहान काठमाडौंको कीर्तिपुरस्थ्ति डेरामा निधन भएको उनका भाइ जमुनाप्रसाद चौधरीले जानकारी दिए। चौधरीको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

वि.सं. २०३४ सालमा एसएलसी पास गरेका चौधरी २०३८ सालमा इन्जिनियरिंग पढिरहेका बेला वामन्थी विद्यार्थी राजनीतिमा लागेका थिए।

वि.स.२०४८ सालमा तत्कालिन नेकपा (एमाले)मा आवद्ध भई सक्रिय राजनीतिमा लागेका चौधरी एमालेको पाँचौ र छैठौं महाधिवेशनमा पनि सक्रिय सहभागी भएका थिए। त्यतिबेला उनले महाधिवेशनमा फरक मतसमेत राखेका थिए।

वि.स.२०६२।०६३ को जन आन्दोलनमा कीर्तिपुर गणतान्त्रिक मोर्चाका अध्यक्ष रहेका उनी आन्दोलनको क्रममा घाइतेसमेत भएका थिए।

उनका भाई जमुना प्रसादका अनुसार चौधरीले ‘पुरुषवादी सत्ता र मानसिकताविरुद्ध एक हस्तक्षेप’ नामक पुस्तक समेत लेखेका छन्।

अन्य केही पुस्तक लेख्ने क्रममा नै उनी बिरामी भएका थिए। उनका विभिन्न लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad