कला


प्रेम कथामा आधारित अर्जुन बोसेलको ‘गोठालो’ (भिडियो)

प्रेम कथामा आधारित अर्जुन बोसेलको ‘गोठालो’ (भिडियो)

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ९:६,

अमेरिकालाई कर्म थलो बनाउँदै आएका अर्जुन बोसेलले आफ्नो सांगीतिक यात्राको अर्काे चरणमा नयाँ शैलीको प्रेम कथामा आधारित ‘गोठालो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

बोसेलको आफ्नै शब्द, संगीत र स्वर रहेको नयाँ गीत ‘गोठालो’ को दृष्य परिकल्पना पनि उनकै छ। प्रेम कथामा आधारित ‘गोठालो’ को म्युजिक भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन् भने सुशील विकले सम्पादन गरेका छन्।

सो भिडियोमा योगेश काजी, देवेन्द्र बब्लु, गीता ढुंगाना, अर्जुन आचार्य, भद्र कुँवर, विशाल घिमिरे, टंक कार्की, निता थकाली, सुनिता घिमिरे, प्रिति तामाङ, सुदिक्षा थकाली लगायतले अभिनय गरेका छन्।

‘गोठालो’ बोलको गीतको म्युजिक भिडियोमा नयाँ कन्सेप्ट अपनाइएको छ। जसमा प्रेमिल जोडी छुटाउन गरिएका अनेक प्रयत्नलाई उतारिएको छ। सधैं नभए पनि कहिलेकाही सँगै मर्ने र सँगै बाच्ने कसम पूरा भएको कथा गीतमा उनिएको छ। पुरानो प्रेम कथालाई भिडियोमा उतारेका छन्।

निर्देशक देवेन्द्र बब्लु भन्छन्, गीतलाई न्याय गर्नेगरी लोकेसन चयन र प्रस्तुतीलाई निक्कै ख्याल गरिएका कारण म्युजिक भिडियो राम्रो बनेको छ।’

यसअघि गायक बसेलले ‘आँखाको भाकाले’, ‘सम्झनाले मन हास्ने’, ‘मेरो नेपाल’, ‘बगेको खोली’, आमालाई सम्झेर’ लगायतका चर्चित गीत बजारमा ल्याइसकेका छन्। उनले केही गीलाई भने नेपाली र स्पेनिस्, नेपाली र अंग्रेजी भाषा मिलाएर पनि गीत रेकर्ड गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad