समाज


वीर अस्पतालका १६ डाक्टरको राजीनामाः के हो प्रकरण?

वीर अस्पतालका १६ डाक्टरको राजीनामाः के हो प्रकरण?

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १४:१२,

वीर अस्पालको आकस्मिक विभागमा कार्यरत १६ चिकित्सकले बुधबार सामुहिक राजीनामा घोषणा गरे।

यद्यपी राजीनामा स्वीकृत नभएसम्म उनीहरुले काम भने जारी राख्ने जनाएका छन। यसरी राजीनामा घोषणा गर्नेमा करारमा काम गर्ने चिकित्सकहरु छन। उनीहरुले अस्पतालका निर्देशकलाई सम्बोधन गर्दै बुधबार सामुहिक राजीनामा दिएका हुन्।

राजीनामा घोषणा पत्रमा उनीहरुको मुख्य माग दशैं तिहारको भत्ता नदिएको, एक दिन तलब कट्टा गरेको उल्लेख गरेका छन। यस्तै कोरोनाका समयमा उपर्युक्त स्रोत सामाग्री उपलब्ध नगराएको आरोप उनीहरुले व्यवस्थापनलाई लगाएका छन।

राजीनामा घोषणा पत्रमा उनीहरुले लेखेका छन, ‘हामीलाई ज्यालादारी भनेर दशैंतिहार भक्ता नदिने, एकदिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोत सामाग्रीको उपलब्ध नगराएको र धक्मीयुक्त आवाजमा हप्तामा ९६ घण्टासम्म कार्य गराइनाले हाम्रो गिरावट भएकाले राजीनामा दिने घोषणा गर्दछौं।’

यसअघि कार्तिक २ गतेदेखि नै वीर अस्पतालका चिकित्सक र कर्मचारीहरुले तलब, भत्ता, बिदा सुविधा लगायतको माग राख्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका थिए।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले सामुहिक राजीनामा दिने चिकित्सकहरुसँग सम्वाद जारी भएको बताए।

‘कोरोनाका कारण केही चिकित्सकको तलब समयमा पठाउन नसकिएको रहेछ। त्यो प्रक्रिया छ। उहाँहरुको मागबारे सम्वाद भइरहेको छ। सबैजना काममै हुनुहुन्छ,’ निर्देशक डा. सेञ्चुरीले भने।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad