राजनीति


यी तीन राज्यका ४६ मतमा निर्भर छ अब बाइडेन र ट्रम्पको भाग्य

यी तीन राज्यका ४६ मतमा निर्भर छ अब बाइडेन र ट्रम्पको भाग्य

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १३:५९,

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा अझै स्पष्ट भइसकेको छैन। मतगणना जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्रत्याशी जो बाइडेनपछि कडा प्रतिस्पर्धा देखिएको छ।

बाइडेनले हालसम्म २२४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २१३।

यो निर्वाचनको नतिजा मतपरिणाम आउन बाँकी रहेका राज्यमध्ये खासगरी मिसिगन, पेन्सलभेनिया र विस्कन्सिन राज्यको परिणाममा निर्भर हुने देखिएको छ।

यी तीन राज्यमा ४६ इलेक्टोरल मत छन्। यी राज्यको नतिजा जसको पक्षमा जान्छ, चुनाव उसैले जित्ने अवस्था छ।

विस्कन्सिनमा केही प्रतिशत मात्र मतगणना बाँकी हुँदा बाइडेन झिनो अन्तरले अगाडि देखिएका छन्। यो राज्यको इलेक्टोरल मत १० छ।

अर्कोतिर मिसिगनमा भने ट्रम्प झिनो अन्तरले अगाडि छन्। यहाँ करिब ९० प्रतिशत मतगणना सकिएको छ। यो राज्यको इलेक्टोरल मत १६ छ।

अर्को महत्वपूर्ण राज्य पेन्सलभेनियामा ६४ प्रतिशत मतगणना हुँदा ट्रम्पले १० प्रतिशतको दुरी कायम गरेका छन्। यो राज्यको इलेक्टोरल मत २० छ।

मिसिगन र पेन्सलभेनिया दुवैको नतिजा ट्रम्पको पक्षमा गए बाइडेनका लागि चुनाव जित्न मुस्किल हुनेछ।

यीबाहेक नर्थ क्यारोलाइना र जर्जियामा पनि ट्रम्प अगाडि देखिएका छन् भने नेभाडामा बाइडेन। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad