समाज


नेपालमा कोरोना: निको हुने दर बढ्यो, ज्यान गुमाउने २५ प्रतिशत कुनै दीर्घ रोग नभएका

नेपालमा कोरोना: निको हुने दर बढ्यो, ज्यान गुमाउने २५ प्रतिशत कुनै दीर्घ रोग नभएका

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ४:२७,

नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्दै गएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ९ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार १५० जना निको भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४ सय ४६ को पिसीआर परीक्षणमा २ हजार नौ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा अहिलेसम्म निको हुनेको सङ्ख्या एक लाख ३७ हजार ९९२ रहेको छ। नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९ सय ८४ पुगेको छ । सङ्क्रमित हुने मध्ये ०.६ प्रतिशतको ज्यान गएको छ।

यसैबीच नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमध्ये करिब २५ प्रतिशतमा अन्य खास स्वास्थ्य समस्या नभएको पाइएको छ। ७५ प्रतिशतमा कोरोनासहित अन्य दीर्घरोग र स्वास्थ्य जटिलतासमेत देखिएको विभिन्न अध्ययनले देखाएका छन्।

‘कोरोनाको कारण हालसम्म मृत्यु भएका ७५ प्रतिशतमा पहिलेदेखि नै गम्भीर रोग भएको पाइएको छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘तर कुनै स्वास्थ्य समस्या नभएका र कोभिड लक्षण मात्र भएका करिब २५ प्रतिशतकोसमेत मृत्यु भएको छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी मधुमेहका बिरामीको कोभिडको कारण मृत्यु भएको छ। त्यसपछि उच्च रक्तचाप, दम, क्यान्सर, मिर्गौलालगायत दीर्घरोग भएकाहरुको मृत्यु भएको छ।

चिकित्सकहरुका अनुसार मधुमेह, उच्च रक्तचाप, दम, क्यान्सर, मिर्गौलाको समस्या, एचआईभी एड्सलगायत गम्भीर दीर्घ रोग भएकाहरुमा रोग प्रतिरोधक क्षमता कम हुन्छ। कोरोना यस्ता मानिसलाई संक्रमण हुँदा भाइरसले गम्भीर रूपमा आक्रमण गर्छ। जसको कारण फोक्सोमा तुरुन्त असर पुग्छ र सास फेर्न समस्या हुन थाल्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad