राजनीति


सिडिओलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेको सबै सेवा बन्द

सिडिओलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेको सबै सेवा बन्द

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ४:५१,

काभ्रेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवराम पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

सिडिओलाई संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय  काभ्रेको अत्यावश्यक काम बाहेका सबै सेवा बन्द गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईं (खतिवडा)ले सूचना जारी गरी १८ कात्तिक (आज) देखि २४ कात्तिक (सोमबार) सम्म अत्यावश्यक सेवावाहेक कार्यालयबाट प्रदान गरिने अन्य नियमित सेवाहरु स्थगित गरिएको जनाएकी छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेका अन्य केही कर्मचारीलाई पनि संक्रमण देखिएको छ।

123296201 3489816087720117 3444534263716647733 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad