भैरहवा–लुम्बिनी सडक खण्डको मतकलवामा टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
सोमबार बिहान बेथरीबाट भैरहवातर्फ आउँदै गरेको लु.१क ११७४ नम्बरको टिपरले ठक्कर दिँदा मायादेवी गाउँपालिका–८, मतकलवाका सुग्रिव हरिजनका नौ वर्षीय छोरा रघुवीर हरिजनको मृत्यु भएको हो।
साथीसँग सडकछेउमा खेलिरहेका बालकलाई द्रुतगतिमा आइरहेको टिपरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बालकलाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्यत्रण लिएको छ।

प्रतिक्रिया