कला


नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले ल्यायो ‘भावातीत अनुभूति’ भजनसंग्रह

नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले ल्यायो ‘भावातीत अनुभूति’ भजनसंग्रह

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ५:५५,

नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले ‘भावातीत अनुभूति’ नामक भजन सङ्ग्रह सार्वजनिक गरेको छ।

अर्गनाइजेसनले कोजाग्रत पूर्णिमाको दिन भर्चुअल कार्यक्रममार्फत यही कात्तिक १५ गते उक्त भजनसङ्ग्रहको लोकार्पण गरेको हो।

संस्थाका अध्यक्ष कल्पना सेवानी घिमिरेको अध्यक्षता र नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बासकोटाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लोक सेवा आयोगका सचिव शङ्कर खरेलको उपस्थिति थियो।

कार्यक्रममा एनआइसी एसिया बैँकका उपप्रमुख सुधीरनाथ पाण्डे, नेपाल महर्षि वैदिक फाउन्डेसनका चेतनामा आधारित शिक्षा कार्यक्रमका निर्देशक मीनराज अधिकारी, शान्ति महिला समूहका अध्यक्ष कृष्णा खरेल, साउन्डमिल स्टुडियोका सञ्चालक महेश्वरमान राजभण्डारी तथा गायिका बुनु श्रेष्ठ, वरिष्ठ सङ्गीतसंयोजक देवेन्द्र नेवा, वरिष्ठ ध्यान तथा सिद्धिशिक्षक गोपालकुमार मैनाली, पत्रकार भूमीश्वर पौडेललगायत नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनका पदाधिकारीहरू, ध्यान तथा सिद्धिशिक्षकहरू, ध्यानीहरू तथा भक्तिसङ्गीतका अनुरागीहरूको उपस्थितिमा भएको उक्त कार्यक्रमको सञ्चालन श्यामकृष्ण सुवेदीले गरेका थिए।

संस्थाकी उपाध्यक्ष पप्पीदेवी रेग्मीको स्वागत मन्तव्यसँगै सुरु भएको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष तथा प्रमुख अतिथिले संयुक्त रूपमा भजनसङ्ग्रहको लोकार्पण गरेका थिए। विशिष्ट अतिथि लोक सेवा आयोगका सचिव शङ्कर खरेलले भजन सङ्ग्रहका भजनहरूको श्रवणबाट भएको आनन्दानुभूतिका अधारमा भजनहरूमा साँच्चै भावातीत अनुभूति रहेको कुरा व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे। त्यस्तै प्रमुख अतिथि नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बासकोटाले महर्षि अभियानअन्तर्गत मातृशक्तिहरूको संस्थाद्वारा गरिएको कार्यको सराहना गर्दै संस्थाद्वारा यस्ता कार्यको निरन्तरता हुने कुराको अपेक्षा गरे।

कार्यक्रमकी एवं संस्थाकी अध्यक्ष कल्पना सेवानी घिमिरेले संस्थाका उद्देश्यहरूका बारेमा स्पष्ट पार्दै आफ्नो बाह्र वर्षदेखिको सपना पूरा भएकोमा खुसी व्यक्त गरी सहयोग गर्ने उपस्थित सबैमा धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा सङ्गीतकार तथा गीतकार सुधीर अधिकारी, गीतकार शिवराज लामिछाने, सङ्गीतकार तथा गायक रामकुमार रिमाल, वरिष्ठ सङ्गीतसंयोजक देवेन्द्र नेवा, साउन्डमिल स्टुडियोका सञ्चालक महेश्वरमान राजभण्डारी, चेतनामा आधारित शिक्षा कार्यक्रमका निर्देशक तथा गीतकार मीनराज अधिकारी र गीतकार कल्पना अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

लोकार्पित भजनसङ्ग्रहमा ११ वटा भजन रहेका छन्, जसमध्ये प्रख्यात वरिष्ठ गायक शिव परियारको स्वरमा सजिएको कल्पना सेवानी घिमिरेद्वारा रचित एवं रामकुमार रिमालद्वारा सङ्गीतबद्ध देशका प्रमुख शक्तिपीठहरूको दिग्दर्शन गरिएको ुजगतजननी अम्बे भवानीु भजन अत्यन्त प्रशंसित छ। भजनसङ्ग्रहमा सुधीर अधिकारी, करणराज कार्की र रामकुमार रिमालको सङ्गीत छ भने सजल न्यौपाने, मेचु धिमाल, लाबोनी चक्रवर्ती, करणराज कार्की, बुनु श्रेष्ठ, रामकुमार रिमाल, रीता के।सी। र श्रेया नेपालकासाथै बालगायिका अनुश्री अधिकारी, आरोहा पौडेल, स्वागता सुवेदी तथा अभिश्री अधिकारीका स्वरहरूले स्थान पाएका छन् ।

भजनसङ्ग्रहमा कल्पना सेवानी घिमिरेका साथै सुधीर अधिकारी, मीनराज अधिकारी, कल्पना अधिकारी, शिला पन्त र शिवराज लामिछानेका भावातीत अनुभूतिहरू शब्दका रूपमा समाविष्ट छन् । यस सङ्ग्रहमा सङ्गृहीत भजनहरूमध्ये देवेन्द्र नेवाले आठवटा भजनमा र बी।एन। निराकार, रिदम कँडेल र नारायण दङ्गालले एक एकवटा भजनमा सङ्गीतसंयोजन गरेका छन्।

साउन्डमिल स्टुडियोमा रेकर्ड गरिएका यस सङ्ग्रहका सबै भजनहरूमा महेश्वरमान राजभण्डारीले ध्वनिसम्मिश्रण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad