राजनीति


कांग्रेस बैठक : संसदको विशेष अधिवेशन बोलाउन दबाब दिने निर्णय गर्ने

कांग्रेस बैठक : संसदको विशेष अधिवेशन बोलाउन दबाब दिने निर्णय गर्ने

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ५:१७,

नेपाली कांग्रेसका पदाधिकारीसहित २२ जना भन्दा बढी नेताहरूको बैठक आज सोमबार बस्दैछ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक डाकेका छन्।

‘हामीले राखेको १६–बुँदेको विषयमा छलफल गर्न बैठक डाकिएको छ,’ केन्द्रीय सदस्य मिनेन्द्र रिजालले नेपालखबरसँग भने, ‘मुख्यरुपमा पार्टीभित्रको समस्याबारे छलफल हुनेछ र त्यसबाहेक कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउनेबारे निर्णय पनि हुनेछ।’

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्नेछ।

सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए।

उक्त विषयमाथि छलफल गर्न देउवाले बैठक डाकेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad