ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्की दिने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ पक्राउ परेकी छन्।
शनिबार राति पाटनबाट प्रहरीले प्रतिबन्धित नेकपाकी ललितपुर जिल्ला सचिव सावित्रा अधिकारी (विदुषी) लाई पक्राउ गरेको हो।
गत जेठमा पाटनबाट हतियार तथा विस्फोटक पदार्थसहित आफ्ना पार्टीका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्य पक्राउ पर्दा उनले विज्ञप्ति जारी गर्दै एसएसपी राईलाई कारबाही गर्ने चेतावनी दिएकी थिइन्।
विप्लव समूहले आज आइतबार ललितपुरमा कोणसभा गर्ने घोषणा गरेको थियो।

अधिकारीका साथबाट माेबाइल, सिमलगायत विप्लव समूहका झन्डा तथा ब्यानरसमेत बरामद गरिएको एसएसपी राईले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया