यसै महिनाको सुरुवातमा दोहास्थित हामद अन्तर्राष्ट्रिय विमानस्थलमा नवजात शिशु बेवारिसे अवस्थामा डस्टबिनमा भेटिएपछि महिला यात्रुहरुलाई नग्न बनाएर अनुसन्धान गरिएको थियो।
१० वटा उडानका महिलालाई अनुसन्धानमा समेटिएको थियो। अनुसन्धानमा समेटिएका महिलाले बच्चा जन्माएको नभेटिएपछि उनीहरुलाई आफ्नो गन्तव्यमा जान दिइएको थियो।
अनुसन्धान अवधिभर विमन उडान ठप्प पारिएको थियो। अनुसन्धान गरिएकामध्ये १८ जना महिला अस्ट्रेलियाका थिए।
अस्ट्रेलियाले यस घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको र महिलालाई नग्न बनाएर अनुसन्धान गरिनु ‘आपत्तिजनक र व्यापक अनुचित व्यवहार’ भएको बताएको थियो।
कतारले यस घटनामा माफी माग्दै यस विषयमा अनुसन्धान भइरहेको र अनुसन्धान सबैलाई साझा गर्ने बताएको छ। एजेन्सी
231
Shares

प्रतिक्रिया