दैलेखको नौमुलेमा कुटपिटबाट एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा नौमुले गाउँपालिका–१ राइले धनीगाउँका ४० वर्षीय भबिन्द्र शाही रहेका छन्।
स्थानीय युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका भबिन्द्रको घटनास्थलमै मृत्यु भएको थियो। कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धानको क्रममा ६ जनालाई नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रतिक्रिया