ad ad

समाज


विहे भोज खाएर फर्किंदै गरेका व्यक्ति बायाँ खुट्टा छिनेको अवस्थामा फेला, अवस्था गम्भीर

विहे भोज खाएर फर्किंदै गरेका व्यक्ति बायाँ खुट्टा छिनेको अवस्थामा फेला, अवस्था गम्भीर

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ४:३५,

दाङको तुलसीपुर उपमहानगरपालिका-११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विकको बाँया खुट्टा छिनेको प्रहरीले जनाएको छ।

खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेको अवस्थामा उनी फेला परेका डिएसपी सिंहले बताए।

उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ। खुट्टा छिनेपछि अत्यधिक रक्तस्राब भएकाले कोहलपुरबाट पनि उनलाई काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

गोलौरीमा भान्जाको विहे भोज खाएर घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्त स्थलमा उनीमाथि अपरिचित समूहले साङ्घातिक आक्रमण गरेका हुन्।

आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । खोजी कार्य भने जारी रहेको प्रनाउ सिंहले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .