ad ad

समाज


रुपन्देही र चितवनमा थप तीन संक्रमितको मृत्यु

रुपन्देही र चितवनमा थप तीन संक्रमितको मृत्यु

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ४:१४,

रुपन्देही र चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका- ११ की ५० वर्षीया महिला र बुटवल-१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।

तिलोत्तमाकी महिलामा १० कात्तिकमा संक्रमण पुष्टि भए लगत्तै मृत्यु भएको हो। बिहान संक्रमण पुष्टि भएकी महिलाको राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए।

बुटवलका पुरुषको आज बिहान ६ बजे मृत्यु भएको हो। उनमा ७ कात्तिकमा संक्रमण पुष्टि भएको थियो।

यसैगरी चितवनको भरतपुर अस्पतालमा पनि उपचारको क्रममा एक संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

उनमा ८ कात्तिकमा संक्रमण पुष्टि भएको थियो। उनी मुटु तथा मिर्गौला सम्बन्धी दिर्घरोगबाट पीडित रहेका चिकित्सकहरुले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .