राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन साेमबार टीका र जमरा लगाउँदै परिवारसँग दसैं मनाएको तस्बिर राष्ट्रपति कार्यालयले मंगलबार बिहान सार्वजनिक गरेको छ।

राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डलमार्फत त्यस्ता २ तस्बिर सार्वजनिक गरिएका हुन्।
तस्बिरका साथ ट्विटरमा लेखिएको छ– ‘सम्माननीय राष्ट्रपतिज्यूको पारिवारिक दसैंका थप दुई तस्बिरहरू। दुवै तस्बिर कार्तिक १० गते विजयादशमीका दिनसँग सम्बन्धित छन्।’
शीतलनिवास स्रोतका अनुसार सोमबार राष्ट्रपति भण्डारीले आमाको हातबाट दसैंको टीका लगाइन् भने उनले चाहिँ आफ्ना दुई/दुई छोरी–ज्वाइँ र उनीहरूका एक एक छोरीलाई टीका र जमरा लगाइदिएकी हुन्।
त्यस दिन राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएकी थिइन्।
सम्माननीय राष्ट्रपतिज्यूको पारिवारिक दसैंका थप दुई तस्वीरहरू । दुवै तस्वीर कार्तिक १० गते विजयादशमीका दिनसँग सम्बन्धित छन् । @TikaDhakaal @somraee pic.twitter.com/pRsJmn2oMb

प्रतिक्रिया