ad ad

कारोबार


यस कारण महंगो भयो यस वर्ष हुम्लीको दसैं

यस कारण महंगो भयो यस वर्ष हुम्लीको दसैं

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ३:५७,

सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैं महँगो बनेको छ।

कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैं महंगो बनेको हो।

विगतका वर्षको दसैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा हुम्ला आउथे। चीनबाट ल्याइएका च्याङ्ग्रा सस्तोमा पाइन्थ्यो। तर, यस वर्ष खसी किन्नुपर्दा दसैं हुम्लीको महँगो बनेको सिमकोट-७ का अमृत विकले बताए।

हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पा लगायतका नाकाबाट चिनियाँ च्याङ्ग्रा आउँदा विगतका वर्ष हुम्लीले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए। तर, यस पटक च्याङ्ग्रा नआएपछि महँगो मूल्यमा स्थानीयले खसी किनेर बलि दिएका विकले बताए।

चीनबाट आएका च्याङ्ग्राको मूल्य हुम्लामा १५ हजारसम्म पर्ने गरेको थियो। तर खसी खरिद गर्दा २७ हजार रुपैयाँसम्म पर्न गएको हुनाले यो यस पटकको दसैं महँगो भएको अर्का स्थानीय कालु बोहराले बताए।

खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार १५ देखि २७ हजारसम्ममा विक्री गरिएको बताए।

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य अझ बढेको स्थानीयको भनाई छ। चिनियाँ च्याङ्ग्रा नआउँदा दसैंका लागि भनेर बझाङ, बाजुराबाट समेत हुम्लीले खसी किनेर ल्याएका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .