तालिबान र अफगान सरकारबीच शान्ति स्थापना गर्ने वार्ता जारी रहेको समयमा तालिबान झनै हिंस्रक बन्दै गएको बताइएको छ।
गत हप्ता तालिबानले अमेरिकासँग हिंसा नगर्ने बताएपनि यतिबेला तालिबानले रक्तपात मच्चाइरहेको हो।
एएफपीका अनुसार मंगलबार राति तकहार प्रान्तमा तालिबानले आक्रमण गरेयता सेना र लडाकुबीच हालसम्म भिडन्त जारी छ।
तालिबान समूहले घरहरुमा लुकेर आक्रमण गरिरहेको बताइएको छ। मंगलबारयता ३४ सुरक्षाकर्मीको ज्यान गइसकेको ताकहर प्रान्तका स्वास्थ्य निर्देशक अब्दुल क्यायुमले बताएका छन्।
66
Shares

प्रतिक्रिया