बारमा प्रहरीले गोली हानेर एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीलाई गोली हान्न खोज्ने भारतीय नागरिक बृजकिशोर कुशवाह बुधबार दिउँसो प्रहरीले गोली हानेर पक्राउ गरेको हो।
कुशवाहले सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा ड्युटीमा रहेको प्रहरीमाथि पेस्तोल हान्ने खोजेपछि गोली चलाएको प्रहरीले जनाएको छ। गोली उनको पाखुरामा लागेको प्रहरीले जनाएकाे छ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख (डीआईजी) धीरजप्रताप सिंहले भारतका आउँदै गरेका कुशवाहलाई शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरमिाथि पेस्तोल प्रहरा गर्न खोजेपछि गोली हानेर नियन्त्रणमा लिएको बताए।
गोली लागी घाइते भएका कुशवाहलाई प्रहरीले सिम्रौनगढको कंकाली पोलिक्लिनिकमा लगि उपचार समेत गराएको छ। उनको साथबाट चार राउन्ड गोली लोड भएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया