कारोबार


मोबाइलबाट गलत सन्देश दिनेलाई प्राधिकरणले कारबाही गर्ने

मोबाइलबाट गलत सन्देश दिनेलाई प्राधिकरणले कारबाही गर्ने

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १२:२०,

मोबाइल सेवा प्रयोग गरि कसैले गलत सन्देश प्रवाह गरेमा कारबाही हुने भएको छ।

पछिल्लो दिनमा भ्रामक सन्देशहरु आइरहेको गुनासो आएपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्तो सन्देश पठाउनेलाई कारबाही गरिने जनाएको हो।

‘मोबाइल सेवा प्रदायकको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देशहरु मोबाइल सेवाका ग्राहकहरुलाई सम्प्रेषण, प्रवाह भएको विषयमा यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ’, प्राधिकरणले आफ्नो सूचनामा भनेको छ, ‘मोबाइल सेवाको नेटवर्क प्रयोग गरी गलत तथा भ्रामक सन्देशहरु मोबाइल सेवाका ग्राहकहरुलाई सम्प्रेषण, प्रवाह नगर्न नगराउन सबै मोबाइल सेवा प्रदायकहरु संस्थाहरुलाई जानकारी गराइन्छ।’

दूरसञ्चार ऐन, २०५३ को दफा (३)ले ‘कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा वा दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्ति हानि नोक्सानी गरेमा प्राधिकरले त्यस्तो व्यक्तिबाट बिगो असुल गरी बिगोबमोजिम जरिवाना समेत गर्न सक्नेछ’ भन्ने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad