ad ad

समाज


चिनियाँ जनमुक्ति सेना हिमाली क्षेत्रको जाडोका लागि सीमा नजिक यसरी गर्दैछन् तयारी..

चिनियाँ जनमुक्ति सेना हिमाली क्षेत्रको जाडोका लागि सीमा नजिक यसरी गर्दैछन् तयारी..

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ८:५६,

हालै भारत र चीनका सेनाबीच सीमा विवादलाई लिएर झडप नै भएको थियो। सो झडप भएको क्षेत्रनजिकै तिब्बती समतल भूभागमा चिनियाँ सेनाले हिमाली क्षेत्रको जाडोका लागि तयारी गरेको देखिएको हो।

भारतीय सेनाले हिमाली क्षेत्रको जाडोमा प्रयोग गर्न सकिने सामग्री अमेरिका लगायतका देशबाट ल्याएको खबरपछि नै चिनियाँ सेनाले आइतबार तिब्बतमा जाडोको तयारी थालेको जानकारी दिएको छ।

A three-in-one sleeping mat, bag and shelter can be used at temperatures down to minus 40 degrees. Photo: Weibo

भारत र चीनका सेनाबीच आठौं चरणको कमाण्डरस्तरीय वार्ता हुन लागेका बेला चिनियाँ सेनाले वीच्याट अकाउन्टमा भिडियो र फोटोहरु सार्वजनिक गरेका छन्। जहाँ सेनाहरुले जाडोमा लगाउने पोशाक मिलाइरहेको देख्न सकिन्छ।

चिनियाँ सेनाको थर्मल ज्याकेट, बुट, मोजा, स्लिपिङ ब्यागजस्ता जाडोका पोशाक हिमाली क्षेत्रको ५ हजार मिटरमाथिको उचाईमा लगाइनेछ। यी पोशाकले चिनियाँ सेनालाई माइनस ४० डिग्री सेल्सियस तापक्रमसम्म जीवितै राख्नेछ।

PLA border troops have been kitted out with new thermal gear for winter. Photo: Weibo

जाडोमा लद्दाखनजिकैका विवादित क्षेत्रमा बाक्लो हिउँ पर्छ। यहाँ आवतजावत नै ६ महिनासम्म बन्द हुन्छ। यसबीचमा दुवै देशका सेना सीमा क्षेत्रबाट पछाडि हट्ने अनुमान गरिएको थियो।

यद्यपी दुवै देशका सेनाहरु भने हिमाली क्षेत्रको जाडोका लागि तयारी गरिरहेका छन्। यसअघि दुवै देशका सेनाले पुग्दो खाद्यान्न र गोली गठ्ठा पनि त्यस क्षेत्रमा पुर्याएको बताइएको थियो।

The PLA’s winter patrol gear includes waterproof thermal gloves and socks, as well as quick-drying underwear. Photo: 81.cn

गत जुन १५ मा विवादित गलवान उपत्यकामा चिनियाँ सेनाको आक्रमणबाट २० भारतीय सेनाको ज्यान गएपछि सीमा विवाद उत्कर्षमा पुगेको छ। एससीएमपी

Chinese soldiers are being issued with gear and clothing to protect them against freezing temperatures. Photo: 81.cn

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .