ad ad

समाज


मार्क्सवादी चिन्तक स्वनाम साथीलाई कोरोना संक्राण, आइसियुमा उपचार हुँदै

मार्क्सवादी चिन्तक स्वनाम साथीलाई कोरोना संक्राण, आइसियुमा उपचार हुँदै

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १:१४,

वरिष्ठ कम्युनिष्ट नेता तथा मार्क्सवादी चिन्तक स्वनाम साथीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

माक्र्सीय गुरुकूलका संयोजक समेत रहेका ७० वर्षीय स्वनामलाई कोरोना पुष्टि भएलगत्तै शनिबार पाटन अस्पतालमा भर्ना गरिएको छ।

कोरोना संक्रमणको कारण उनलाई निमोनिया समेत भएको पारिवारिका स्रोतले जनाएको छ। हाल उनको आइसीयूमा उपचार भइरहेको छ।

लामो समय नेकपा एकताकेन्द्र र नेकपा माओवादी केन्द्रको स्थायी समितिमा रहेर काम गरेका स्वनाम हाल कुनै पनि पार्टीमा आवद्ध छैनन्। उनी आफूलाई कम्युनिष्ठ र साम्यवादको अभ्यासी भन्न रुचाउँछन्।

केही वर्ष अघि मात्र उनले मिर्गौला फेरेका थिए। उनी ध्यान र योगको ज्ञातासमेत मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .