स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिनाको खेलमा यूभेन्ट्सले क्रोटोनेविरुद्ध १–१ को बराबरी खेलेको छ।
इटालियन सिरी ए फुटबलमा शनिबार राति भएको खेलमा घरेलु टोली क्रोटोनेलाई सिमीले १२ औं मिनेटमा अग्रता दिलाएका थिए।
२१औं मिनेटमा अल्भारो मोराटाले यूभेन्ट्सबाट बराबरी गोल फर्काए। त्यसपछि खेलमा थप गोल भएन।
६०औं मिनेटमा यूभेन्ट्सका लागि डेब्यूकर्ता विंगर फेडेरिको सिजेले रातो कार्ड पाउँदै मैदान छाडेका थिए।
खेलको अन्तिम तिर मोराटोले गोल गरेपनि अफसाइड भन्दै रेफ्रीले त्यसलाई मान्यता दिएनन।
कोरोनाभाइरसको संक्रमणका कारण यूभेन्ट्सका स्टार स्ट्रायकर क्रिस्टियानो रोनाल्डोले भने यो खेल गुमाएका थिए। गत मंगलबार कोरोना पुष्टि भएका रोनाल्डो हाल आइसोलेसनमा रहेका छन।
बराबरीपछि साविक विजेता यूभैन्ट्स ४ खेलमा ८ अंकसहित चौथो स्थानमा छ। पहिलो अंक जोडेको क्रिटोने भने एक अंकसहित अठारौं स्थानमा छ।

प्रतिक्रिया