ad ad

खेल


आर्सनलमाथि सिटीको जित, स्ट्रर्लिङको निर्णायक गोल

आर्सनलमाथि सिटीको जित, स्ट्रर्लिङको निर्णायक गोल

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १:४,

रहिम स्ट्रर्लिङको निर्णायक गोल मद्दतमा म्यानचेस्टर सिटीले आर्सनललाई १–० गोलअन्तरले पराजित गरेको छ।

इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा सिटीको जितमा रहिमले २३औं मिनेटमा निर्णायक गोल गरे।

आर्सनलसँग बराबरी गोर्न मौका पाएपनि सिटीका किपर इडर्सनले डेविड लुइजका दुई तथा पेपेका एक प्रहार जोगाएका थिए।

जितसँगै सिटी ४ खेलमा ७ अंकसहित नवौं स्थानमा उक्लिएको छ। आर्सन लभने ५ खेलमा ९ अंकसहित पाँचौं स्थानमा झरेको छ।

म्यानचेस्टर सिटी प्रिमियर लिगका पछिल्ला १० खेलमा आर्सनलसँग अपराजित छ। प्रिमियर लिगका ठूला ६ क्लबविरुद्ध आर्सनल २९ खेलयता जितविहिन छ।

प्रिमियर लिगमा आर्सनलविरुद्धका पछिल्ला ६ खेलमा सिटीले एक गोलमात्रै ब्यहोरेको छ।

प्रशिक्षकका रुपमा यो पेप गार्डिआवालाको ५०० औं जित हो। सिटीबाट मात्रै उनले १७२ खेलमा जित हात पार्नुभएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .