काठमाडौं निरन्तर परिरहेको वर्षाका कारण रोशी खोला र दाप्चा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ।
शनिबार पानी परेर रोशी खोलाको पानीको सतह बढेको थियो। आइतबार अपरान्हदेखि ठूलो वर्षा भएपछि रोशी र दाप्चाखोलमा बाढी आएर डाइभर्सन बगाएको थियो। सडक अवरुद्ध गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार नियमित रुपमा बन्द रहने रातिको समयमा बन्द भए। बिहानदेखि सबै सामान्य रुपमा चलिरहेका छन्।

प्रतिक्रिया