समाज


कोही किन लामो समय कोरोनाबाट मुक्त हुँदैनन्? यस्ता छन् आश्चर्यजनक तथ्य

कोही किन लामो समय कोरोनाबाट मुक्त हुँदैनन्? यस्ता छन् आश्चर्यजनक तथ्य

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार २:१०,

कोरोना संक्रमण सास लिन गाह्रो हुने समस्यासँग सम्बन्धित छ र धेरैजसो संक्रमित दुई-तीन हप्तामा ठीक हुन्छन्। यो आधा सत्य हो। बाँकी सत्य के हो भने सयौं मानिस कोरोना नेगेटिभ (नभएको) रिपोर्ट आएर पनि निकै समय लक्षण महसुस गरिरहन्छन्।

बेलायतका वैज्ञानिक एवं चिकित्सकले विश्वलाई लामो समयको कोभिडबारे पनि सचेत रहन सुझाव दिएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि यसबारे विचार गर्न सुरु गरेको छ।

हालै बेलायतको नेसनल इन्स्टिच्युट फर हेल्थ रिसर्च (एनआईएचआर) ले आफ्नो रिपोर्टमा ‘लङ कोभिड’ (लामो समयको कोभिड) को एउटा मात्रै लक्षण नभएर ४ किमिसका हुने उल्लेख गरेको छ।

के हो लङ कोभिड?
–लङ कोभिडको कुनै मेडिकल परिभाषा वा लक्षणको सूची छैन। जुन बिरामीलाई रिपोर्ट नेगेटिभ आएर पनि लामो समय कोरोना संक्रमणका लक्षण देखिइरहन्छ। त्यसैलाई लङ कोभिड भनिन्छ।

–लङ कोभिड भएका बिरामीहरूमा लक्षण एकदमै फरक-फरक हुन सक्छन्। तर साझा लक्षण हो- थकान। सास लिन कठिन हुने, खोकी, जोर्नी तथा मांशपेसी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, गन्ध तथा स्वाद थाहा नहुने।

–साथै आन्द्रा, मिर्गाैला, फोक्सो र मुटुको क्षतिसँग सम्बन्धित समस्या पनि पर्छन्। यसैगरी उदासीनता, चिन्ता र स्पष्ट सोच नहुने जस्ता मानसिक समस्या। यी समस्याले मानिसको गुणस्तरीय जीवनमा असर पार्न सक्छन्।

–लङ कोभिड शब्दको प्रयोग सबैभन्दा पहिले एलिसा पेरेगो (युनिभर्सिटी कलेज लन्डनको रिसर्च एसोसिएट) ले २०२० मेमा आफ्नो कोभिड अनुभव बाँड्ने क्रममा प्रयोग गरेकी थिइन्। त्यसबेलादेखि धेरै संक्रमितले यस किसिमको अनुभव गरेका छन्।

कति जनालाई लङ कोभिड भइरहेको छ?
–रोमस्थित सबैभन्दा ठूलो अस्पतालबाट कोरोना निको भएर घर फर्किएका १४३ जनामा गरिएको एक अध्ययन अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित छ। अध्ययनअनुसार तीमध्ये ८३ प्रतिशत मानिसलाई दुई महिना पछिसम्म कम्तीमा कोरोनाको एउटा लक्षण देखिइरह्यो। आधा जति बिरामी अहिले पनि थकान महसुस गरिरहेका छन्।

–बेलायतमा ४० लाख मानिसले द कोविड सिम्टम्प ट्र्याकर ऐप प्रयोग गरिरहेका छन्। जसले १२ प्रतिशत बिरामीलाई ३० दिनपछि पनि कोरोनाका कुन न कुनै लक्षण देखियो। यससम्बन्धी नयाँ तथ्यांकका अनुसार २ प्रतिशत मानिसमा ९० दिन पछिसम्म पनि कोरोनाका लक्षण देखिइरह्यो।

–२०२० अगस्टमा डब्लुएचओ यसलाई आफ्नो तथ्यांकमा समेट्यो र बेलायतको नेसनल हेल्थ सर्भिस, ब्रिटिस मेडिकल जर्नल (बीएमजी) र अन्य संस्थासँग परामर्श गर्‍याे कि कतै लङ कोभिडलाई एउटा अलग्गै रोग मानेर विशेष ध्यान दिनुपर्ने हो कि?

यो भाइरस कसरी लङ कोभिडको कारण बनिरहेको छ?
–यसबारेको दाबी धेरै छन्। तर तथ्य केही छैन। के अनुमान गरिएको छ भने भाइरस शरीरका धेरै भागबाट हटे पनि कुनै कुनामा लुकेर बस्छ। कोरोना भाइरसले शरीरका धेरै कोषिकालाई संक्रमित पार्न सक्छ।

–एउटा दाबीअनुसार कोरोना संक्रमणपछि पनि शरीरको प्रतिरक्षा प्रणाली पूरै सामान्य बन्दैन, जसले गर्दा बिरामी महसुस हुन्छ। यसबाहेक कोरोना संक्रमणले शरीरका अंगले गर्ने काम परिवर्तन गराइरहेको छ। फोक्सोमा हुने क्षतिका कारण पनि लामो समय दुःख दिन सक्छ।

–कोरोना संक्रमणले मानिसको मेटाबोलिजम परिवर्तन गरिरहेको छ। जसका कारण रगतमा चिनीको मात्रा नियन्त्रणमा पनि समस्या भइरहेको छ। खासगरी त्यस्ता मानिस, जसमा कोरोना संक्रमणपछि मधुमेहका लक्षण देखिन्छन्। केही व्यक्तिमा त यसले बोसो प्रशोधनको तरिका पनि बदलदिएको छ।

–मस्तिष्क संरचनामा परिवर्तनका सुरुवाती लक्षण देखिएका छन्। तर यसको वास्तविकता पत्ता लगाउन अनुसन्धान आवश्यक देखिएको छ। कोरोना संक्रमणका कारण कतिपयमा रगतमा पनि असर देखापरेको छ। असामान्य थकानका साथ शरी।मा रगत सञ्चार गर्ने नलीहरूमा पनि क्षति पुगेको पाइएको छ।

यो कोभिड–१९ को गम्भीरतामा भर पर्छ?
–होइन, बिलकुल होइन। आश्चर्य कुरा त के छ भने जुन व्यक्तिलाई कोरोना पोजिटिभ हुँदा हल्का मात्र लक्षण देखिएका थिए, उनीहरू समेत लङ कोभिडबाट पीडित पाइएका छन्। यसको अर्थ लङ कोभिड अर्थात् लामो समय कोरोना संक्रमणका लक्षण तिनलाई मात्र देखिएको छैन, जो आईसीयूमा भर्ना भएका थिए।

लङ कोभिड भयो भने के गर्ने?
–ब्रिटिस मेडिकल जर्नलमा विशेषज्ञले भनेका छन्, ‘यदि तपाईं कोरोना संक्रमणकाबाट पूर्ण रूपमा मुक्त हुन सकिरहनुभएको छैन भने अर्थात् कोरोना नेगेटिभ भएर पनि लक्षण देखापरिरहेका छन् भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस्।’

स्राेत : दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad