प्रदेश १ मा कोरोना भाइरस संक्रमणबाट एकै दिन नौ जनाको मृत्यु भएको छ। संक्रमणबाट एकै दिन यति धेरै मृत्यु भएको प्रदेश १ मा यो पहिलो घटना हो।
पछिल्लो २४ घण्टामा सुनसरीमा ५, मोरङ र तेह्रथुममा २-२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको हो। योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २२ पुगेको छ।
बिहीबार मात्रै प्रदेश १ मा ६ सय ५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। एकै दिन पुष्टि भएको यो संख्यामा अहिले सम्मकै सबैभन्दा धेरै हो।
प्रदेश १ मा अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको छ।

प्रतिक्रिया