ad ad

समाज


दुई वर्षदेखि वाकीटकीसहित प्रहरी पोसाक लगाएर व्यापारी ठग्ने व्यक्ति पक्राउ

दुई वर्षदेखि वाकीटकीसहित प्रहरी पोसाक लगाएर व्यापारी ठग्ने व्यक्ति पक्राउ

नेपालखबर
असोज २९, २०७७ बिहिबार १०:३१,

अपराध महाशाखाले प्रहरी बनेर ठग्दै हिँड्ने एक नक्कली प्रहरीलाई पक्राउ गरेको छ।

बिहीबार बिहान काठमाडौंबाट रामेछापको खाँडादेवी ६ का २८ वर्षीय गोविन्द खड्का पक्राउ परेका हुन्। उनी काठमाडौंमा हार्डवेयरका सामानहरु ओसारपसारको काम गर्र्दै आएको प्रहरीले जनाएको छ।

उनले विगत दुई वर्षदेखि नक्कली प्रहरी बनेर ठगी गर्दै आएको प्रहरीले जनाएको छ। रातको समयमा ट्राफिक प्रहरीको लुगा लगाउने र मोटरसाइकलमा घुमेर व्यवसायीसँग पैसा असुल्ने गरेको पाइएको छ। उनले उपत्यकामा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई ठग्ने गरेका थिए।

उनलाई बिहीबार बिहान बानियाटारबाट महाशाखाको टोलीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले केनवुड लेखिएको १४४ मेगाहर्जको सञ्चार सेट एक थान, अलिन्को लेखिएको जापानिज सञ्चार सेट एक थान, गोबिन्द खड्का लेखिएको प्रहरीको जस्तै नाम प्लेट, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकयाका पोसाक, एक जोर बुट, दुई वटा सिठी, मोटरसाइकल र विभिन्न ब्रान्डका चार थान मोबाइल बरामद गरेको छ।

उनलाई आवश्यक कारबाहीका लागि महाशाखाले काठमाडौं प्रहरी परिसरमा पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .