झापाको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणले उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए।
संक्रमण पुष्टि भएपछि उनी अहिले घरमै आइसोलेसनमा बसेका छन्।
यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई पनि कोरोना सङ्क्रमण भएको थियो।
प्रतिक्रिया