ad ad

राजनीति


अमेरिकाका राष्ट्रपति ट्रम्पका छोरालाई पनि भएको रहेछ कोरोना संक्रमण!

अमेरिकाका राष्ट्रपति ट्रम्पका छोरालाई पनि भएको रहेछ कोरोना संक्रमण!

नेपालखबर
असोज २९, २०७७ बिहिबार २:३२,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको छ।

ट्रम्पकी पत्नी मेलानियाले आफ्ना १४ वर्षीय छोरा ब्यारनलाई पनि कोरोना संक्रमण भएको र अहिले ठीक भइसकेको जानकारी दिएकी हुन्।

राष्ट्रपति ट्रम्प र मेलानिया दुवैलाई कोरोना संक्रमण भएको कुरा त यसअघि नै सार्वजनिक भइसकेको छ। अहिले उनीहरू पनि निको भइसकेका छन्।

ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित ‘कोभिड-१९ बारे मेरो अनुभव’ छोटो लेख लेख्दै मेलानियाले छोरामा संक्रमण भएको कुरा सार्वजनिक गरेकी हुन्।

उनले लेखेकी छन्, ‘जे होस्, हामी तीनैजना एकैपटक यो अवस्थाबाट गुज्रिनुपर्दा एकअर्काको हेरचाह गर्न पायौं अनि अनि सँगै समय बिताउन पायौं।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .