ad ad

राजनीति


६० वर्ष मुनिका एकल महिलालाई पनि भत्ता उपलब्ध गराउन स्थानीय तहलाई गृह मन्त्रालयको निर्देशन

६० वर्ष मुनिका एकल महिलालाई पनि भत्ता उपलब्ध गराउन स्थानीय तहलाई गृह मन्त्रालयको निर्देशन

नेपालखबर
असोज २९, २०७७ बिहिबार ३:२०,

सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन गरेको छ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहलाई बुधबार यस्तो निर्देशन दिएको हो।

पत्रमा मन्त्रिपरिषदको निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला र अति अशक्त नागरिकलाई भत्ता उपलब्ध गराउन भनिएको छ।

केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तलाई भक्ता दिन रोक लगाइएको थियो।

महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर गृह मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले यस्तो निर्देशन गरेको हो।

पत्रमा आर्थिक वर्ष २०७७ ०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनिएको छ।

‘६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता ‘ख’ वर्गका परिचय पत्र भएका लाभग्राहीलाई मासिक एक हजार छ सयका दरले भत्ता उपलब्ध गराउनू’ गृहको पत्रमा भनिएको छ।

यस्तो छ गृहको पत्र

 griha

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .