ad ad

समाज


डोनाल्ड ट्रम्पले भनेः म पूर्ण रुपमा कोरोनामुक्त भएँ

डोनाल्ड ट्रम्पले भनेः म पूर्ण रुपमा कोरोनामुक्त भएँ

नेपालखबर
असोज २६, २०७७ सोमबार ८:१५,

आइतबार आफ्ना समर्थकहरु सामु ट्रम्पले पछिल्लो परीक्षणमा आफूमा कोरोना नेगेटिभ देखिएको बताएका हुन्।

यद्यपी उनले कोरोनाबाट मुक्त भएको कुनै प्रमाण नदिएको जनाइएको छ। राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले समेत यस विषयमा जानकारी दिएको छैन।

तर हालैमात्र ह्वाइट हाउसमा चिकित्सक डाक्टर सिन कोनलीले ट्रम्पबाट कसैमा कोरोना नसर्ने बताएका थिए।

उनले ट्रम्प सार्वजनिक कार्यक्रममा सहभागी हुनका लागि स्वास्थ्यको दृष्टिकोणबाट तयार भएको जनाएका थिए।

यसबीचमा ट्रम्पले आफू कोरोनामुक्त भएको बताएका हुन्।

कोरोना संक्रमण भएपछि ट्रम्प तीन दिन अस्पताल भर्ना भएका थिए। ट्रम्प अस्पतालमा बसेर गत सोमबार मात्र ह्वाइट हाउस फर्किएका थिए।

अस्पतालबाट डिस्चार्ज हुनासाथ ट्रम्पले गत सोमबार एक भिडियो सन्देशमा अमेरिकाले कोरोनाविरुद्ध लड्ने उपचार पद्धतिको विकास गरेको र त्यसले आफ्नो स्वास्थ्य अवस्था निकै स्वस्थ बनाएको बताएका थिए। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .