समाज


बाँकेमा कोरोनाबाट थप एक वृद्धको मृत्यु

बाँकेमा कोरोनाबाट  थप  एक वृद्धको मृत्यु

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १२:१२,

बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ वर्षीय वृद्धा रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको स्रोत व्यक्ति श्रेष्ठले बताए।

 जिल्लामा यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ।

यसैबीच, जिल्लामा आज थप २४ जना संक्रमित निको भइ घर फर्किएका छन्। जिल्लाका विभिन्न आइसोलेसनमा रहेका ६ महिला १८ पुरुष निको भइ घर फर्किएका हुन्। योसँगै बाँकेमा संक्रमण निको हुनेको संख्या एक हजार ७६२ जना पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad