ad ad

समाज


गण्डकीमा थप ३५ मा कोरोना पुष्टि, संक्रमितको संख्या ४५ सय नाघ्यो

गण्डकीमा थप ३५ मा कोरोना पुष्टि, संक्रमितको संख्या ४५ सय नाघ्यो

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ७:२२,

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय नाघेको छ।

शुक्रबार बिहान थप ३५ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ५३३ पुगेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा पोखरा गरिएको परीक्षणमा प्रदेशमा ३५ जना नयाँ संक्रमित थप भएका हुन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार थपिएका नयाँ संक्रमितमा कास्कीका २४, तनहुँ ५, लमजुङ ३, नजलपरासी पूर्व २ र गोरखाका १ जना रहेका छन्।

कास्कीका संक्रमितमध्ये एक जना पद्मा नर्सिङ होमका डाक्टर रहेका छन् भने एक जना अमेरिकाबाट आएका व्यक्ति हुन्।

उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .