स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव नरहेको जनाएको छ।
केही बिरामी र चिकित्सकहरुले उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव भएको बताइरहँदा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारसम्म ९९ आईसीयू र ४९ भेन्टिलेटर बेड खाली रहेको जनाएका हुन्।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा रहेका १८१ आईसीयू बेडमध्ये बिहीबारसम्म ८२ जना बिरामी भर्ना भएका छन्। यस्तै ७६ भेन्टिलेटर २७ जना बिरामी छन्।
याे पनि : अस्पतालले आईसीयू, भेन्टिलेटर बेड ‘लुकाउँदा’ ज्यान गुमाउँदै संक्रमित
प्रतिक्रिया