ad ad

राजनीति


चीनद्वारा भारतीय मिडियालाई चेतावनीः ताइवानलाई देश नभन, एक चीन नीति उल्लंघन नगर

चीनद्वारा भारतीय मिडियालाई चेतावनीः ताइवानलाई देश नभन, एक चीन नीति उल्लंघन नगर

नेपालखबर
असोज २२, २०७७ बिहिबार ११:४९,

बिहीबार भारतस्थित चिनियाँ दूतावासले एक विज्ञप्ती जारी गर्दै ताइवानको विषयमा भारतीय मिडियाले एक चीन नीतिको अनुसरण गर्नुपर्ने बताएको हो।

दूतावसले भारतीय मिडियाका लागि जारी गरेको विज्ञप्तीमा ‘ताइवानलाई स्वतन्त्र देश नभन्नु’ भनिएको छ।

अक्टोबर १० मा ताइवानले १०९ औं वार्षिक उत्सव मनाउँदै छ। भारतीय संचार माध्यममा ताइवानलाई स्वतन्त्र देशको रुपमा व्याख्या गरिएपछि चीन असन्तुष्ट बनेको हो।

चीनले ताइवानलाई आफ्नो प्रान्तको रुपमा हेर्ने गर्दछ। चीनले ताइवानलाई ‘रिपब्लिक अफ चाइना’ भन्ने गरेको छ। यद्यपी ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै आएको छ।

चीनको विज्ञप्तीमा भनिएको छ,‘ताइवानको तथाकथित राष्ट्रिय दिवसको बारेमा चिनियाँ दूतावासले भारतका संचारमाध्यमलाई यो सम्झना गराउन चाहन्छ कि रिपब्लिक अफ चाइनाको प्रतिनिधित्व गर्ने एक मात्र वैध सरकार हो मुख्यभूमि चीन।’

‘हामीलाई विश्वास छ यहाँका मिडियाले भारत सरकारको अडानलाई समर्थन गर्दै एक चीन नीतिको उल्लंघन गर्ने छैनन्। मुख्यतः ताइवान देश होइन, हाम्रो भूभाग हो’ उनले भनेका छन्।

चीनले ताइवानलाई आफ्नो क्षेत्र भनेपछि ताइवानका विदशेमन्त्री वु स्कोफ्डले भारतका संचारमाध्यमले चीनको भनाई नमान्ने प्रतिक्रिया जनाएका छन्।

उनले भारत विश्वकै ठूलो प्रजातान्त्रिक राष्ट्र भएकाले त्यहाँ चीनले कुनैपनि किसिमको सेनसरसिप लगाउन नसक्ने बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .